
काठमान्डौ: गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
चर्चित गायक र गायिका स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको यो गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका हुन्। भिडियोमा गीतकार न्यौपाने स्वयं र उमेश सापकोटा मुख्य भूमिकामा देखिएका छन्। बाल कलाकार रुत्वी सापकोटा र प्रियांश सापकोटाले पनि अभिनय गरेका छन्।
‘बन्द खाम २’ न्यौपानेको चर्चित गीत ‘बन्द खाम’को सिक्वेल हो। भिडियोलाई उमेश सापकोटाले निर्देशन गरेका हुन्।
हेर्नुहोस् भिडियो
प्रकाशित: ९ जेठ २०८२ १८:०८
प्रतिक्रिया