जनविद्रोह गर्ने प्रचण्डको चेतावनी

हिमाल प्रेस ९ जेठ २०८२ १७:२७
16
SHARES
जनविद्रोह गर्ने प्रचण्डको चेतावनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनविद्रोह गर्ने चेतावनी दिएका छन्। माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागर कार्यक्रमअन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिएका हुन्।

उनले सरकारप्रतिको आक्रोश समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए। जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको र जनतामा आन्दोलनको अपिल नगरेको पनि बताए। उनले विगतमा माओवादीले राखेका मुद्दालाई राज्यले गम्भीर रुपमा नलिँदा १० बर्से जनयुद्ध भएको बताए।

प्रकाशित: ९ जेठ २०८२ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast