
काठमाडौँ- राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस भएको छ।
योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट दिएका हुन्।
रिट निवेदन दर्ता प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
गभर्नर बन्न पौडेलको योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदरको माग गरिएको रिट सरकार र गभर्नर सिफारिस समितिलाई विपक्षी बनाइएको छ।
सरकारले जेठ ६ गते राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो।
प्रकाशित: ९ जेठ २०८२ १६:४०
प्रतिक्रिया