जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशंका

हिमाल प्रेस ८ जेठ २०८२ १९:०७
20
SHARES
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशंका

काठमाडौँ– जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशंकामा एक पूर्वट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन्। सञ्चारमाध्यमहरूले यस्ता दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन्।

प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले उल्लेख गरेका छन्।

‘गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए,’ टोकियो प्रहरीका प्रवक्ताले भने।

प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अंगको छायांकनको सजायसम्बन्धी कानूनको उल्लंघन’ को आशंकामा पक्राउ गरेको प्रवक्ताले बताए ।

सञ्चारमाध्यमहरूले जनाएअनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए।

सञ्चारमाध्यमहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरूमा सन् २००८ देखिका थिए।

ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशंकामा पक्राउ गरिएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।

कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो।–राससरएएफपी

प्रकाशित: ८ जेठ २०८२ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast