नइमा भारतका १३ विश्वविद्यालयको सूची

हिमाल प्रेस ८ जेठ २०८२ १७:३५
12
SHARES
नइमा भारतका १३ विश्वविद्यालयको सूची

काठमाडौँ- नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ। नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्र प्राप्त भइसकेका एकेडेमीले जनाएको छ।

नइले सम्पूर्ण कार्यपत्र समाविष्ट ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक ग्रन्थ प्रकाशित गर्ने भएको छ। उक्त ग्रन्थ नौ सय सय पृष्ठको हुने अनुमान छ।

भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा पठनपाठन हुने १३ वटा विश्वविद्यालय केन्द्रित कार्यपत्र प्राप्त भएको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

कलकत्ता विश्वविद्यालय, पटना विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तरबंग विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, कञ्चनजंघा विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, डिब्रुगड विश्वविद्यालय, पूर्वोत्तर पर्वतीय विश्वविद्यालय, मणिपुर विश्वविद्यालय र असम विश्वविद्यालयहरूमा समेत नेपाली भाषासाहित्यको पठनपाठन हुँदै आएका सूचना सामग्रीको विश्लेषण यी कार्यपत्रमा गरिएको छ।

सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने अनुमान छ। साथै विद्यावारिधि शोध गरिरहेका र दर्शनाचार्य पूरा गरेका शोधार्थीलाई समेत यस समारोहमा सहभागी गराइने एकेडेमीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि त्रिमूर्ति निकेतनका पदाधिकारीहरू प्रा.डा. महादेव अवस्थी संयोजक र प्रा. केशव सुवेदी सल्लाहकार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast