पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

हिमाल प्रेस ८ जेठ २०८२ १३:३४
10
SHARES
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा- पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पुनः सक्रिय हुँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा अब सराङकोट र तोरीपानीबाट उडान भई खपौदीमा अवतरण हुने निर्णय गरिएको छ।

यससँगै उडान समय पनि बिहान ११ बजेदेखि साँझ ४:३० बजेसम्म तोकिएको छ। व्यवसायी तथा पर्यटकले यो निर्णयलाई उत्साहजनक मानेका छन्।

उक्त निर्णयले विस्थापित प्यारापाइलटलाई पुनः अवसर दिने, पोखरालाई साहसिक पर्यटनको केन्द्र बनाउने र भ्रमण वर्ष २०२५ मा टेवा पुग्ने बताइएको छ।

सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै पाइलटहरूलाई प्राविधिक तालिम दिइएको छ भने जीपीएस  र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई सुरक्षित र व्यवस्थित बनाइएको बताइएको छ।

हाल पोखरामा करिब ५९ कम्पनी, ४०० टेन्डम पाइलट छन्।

प्रकाशित: ८ जेठ २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast