राजतन्त्र समर्थकको आन्दोलनमा सहमति जुटाउन पशुपतिशमशेर भारतमा

हिमाल प्रेस ८ जेठ २०८२ १३:२२
48
SHARES
राजतन्त्र समर्थकको आन्दोलनमा सहमति जुटाउन पशुपतिशमशेर भारतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबरा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबरा भारत भ्रमणमा गएका छन्। जेठ १५ गतेदेखि हुन लागेको राजतन्त्र समर्थकहरूको आन्दोलनमा भारतीय नेताहरूको समर्थन जुटाउन राणा भारत गएको उनी निकट स्रोतले जानकारी दियो।

भारत भ्रमणका क्रममा राणाले भारतीय उच्च नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनी निकट स्रोतले भन्यो, ‘१५ गतेदेखि हुने आन्दोलनमा भारतीय पक्षको सहमति जुटाउन दिल्ली जानुभएको हो।’
राजतन्त्र समर्थकले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन्।

आन्दोलनमा राजसंस्था पुनर्स्थापनका लागि गठित समिति, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत सहभागी हुनेछन्। उनीहरूले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेको दाबी गरेका छन्।

नेता राणाका स्वकीय सचिव केशव कटुवालले भने, ‘उहाँ केही दिनअघि निजी कामका लागि भारत जानुभएको हो। १४ गते बेलुका फर्कने कार्यक्रम छ।’

यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणमा गएर त्यहाँका नेताहरूलाई नेपाल लोकतन्त्रविरुद्ध जान नसक्ने स्पष्ट पारेका थिए। भारतीय नेताहरूसँगको भेटमा भट्टराईले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नभएर निर्वाचन प्रणाली, शासकीय प्रणालीमा भएको त्रुटिले केही अस्थिरता देखिएको जानकारी गराएका थिए।

साथै भट्टराईले सरकारमा रहेका दलका केही नेताका प्रवृत्तिका कारण समस्या देखिएको बताएका थिए। उनले नेपाली जनतामा देखिएको आक्रोश राजनीतिक प्रणाली भत्काउन नभई भ्रष्टाचार र कुशासनप्रति रहेको प्रस्ट पारेका थिए।

प्रकाशित: ८ जेठ २०८२ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast