
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ।
बुधबारभन्दा बिहीबार अमेरिकी डलरको भाउ १ पैसा मात्र बढेको हो। बुधबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो।
युरोपियन युरो १ को खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १८३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रुपैयाँ १७ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १६५ रुपैयाँ ९० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिंगापुर डलर १ को खरिददर १०६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ७८ पैसा र बिक्रीदर २० रुपैयाँ ८८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ५३ पैसा, बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा तथा आमनी रियाल एकका खरिददर ३५५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७२ पैसा रहेको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्न विनिमय दर भने फरक हुनसक्न र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकका ‘वेबसाइट’मा उपलब्ध हुन जनाइएको छ।