शिक्षा विधेयकका कतिपय विषयमा राजनीतिक सहमति खोज्नुपर्ने देखियो : शिक्षामन्त्री

हिमाल प्रेस ७ जेठ २०८२ १६:५०
256
SHARES
शिक्षा विधेयकका कतिपय विषयमा राजनीतिक सहमति खोज्नुपर्ने देखियो : शिक्षामन्त्री

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक-२०८० लाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन्।

उनले विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको बताए। मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुराउने गरि छलफल अघि बढाउन सुझाव दिए।

समिति सभापति अम्म्बबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुंगाेमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे।

यसअघि उपसमितिले बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समितिसमक्ष पेस गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast