स्कुल बसमा आत्मघाती आक्रमण हुँदा पाँचको मृत्यु

हिमाल प्रेस ७ जेठ २०८२ १३:५३
10
SHARES
स्कुल बसमा आत्मघाती आक्रमण हुँदा पाँचको मृत्यु

काठमाडौँ- पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्र बलुचिस्तान प्रान्तमा बुधबार विद्यालय बस लक्षित आत्मघाती कार बम आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। मारिनेमा तीन बालबालिका रहेको समाचार एजेन्सी एपीले जनाएको छ। घटनामा अन्य ३८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। यो घटना तनावग्रस्त उक्त प्रान्तमा भएको पछिल्लो आक्रमण हो।

उक्त प्रान्त लामो समयदेखि विद्रोहको केन्द्र बन्दै आएको छ। जहाँ विभिन्न पृथकतावादी समूहहरूले आक्रमण गर्दै आएका छन्। यसमा सन् २०१९ मा अमेरिकाद्वारा आतंककारी समूह घोषणा गरिएको प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) समेत पर्दछ।

स्थानीय अधिकारी यासिर इकबालका अनुसार आक्रमण खुज्दार सहरको बाहिरी क्षेत्रमा भएको थियो। उक्त बस बालबालिका लिएर सेनाद्वारा सञ्चालित विद्यालयतर्फ जाँदै थियो।
घटनापछि तुरुन्तै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए। एम्बुलेन्सहरूले घाइतेहरूलाई सहरका अस्पतालमा पुर्‍याएका थिए। स्थानीय टेलिभिजन च्यानलले क्षतिग्रस्त बस र चारैतिर छरिएको भग्नावशेषको भिडियो प्रसारण गरेका छन्।

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन। अधिकारीहरूले जातीय बलुच पृथकतावादीहरूले आक्रमण गरेको दाबी गरेका छन्। उक्त समूहले सो क्षेत्रका सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गर्दै आएको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै बालबालिकाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित: ७ जेठ २०८२ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast