यी हुन् डीआईजीमा बढुवा भएका ११ एसएसपी

हिमाल प्रेस ७ जेठ २०८२ ७:०२
यी हुन् डीआईजीमा बढुवा भएका ११ एसएसपी

काठमाडौँ- नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ र दिलिपसिंह देउवा रहेका छन्। दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन् ।

मंगलबार नै बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

प्रकाशित: ७ जेठ २०८२ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast