राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : एमाले महासचिव पोखरेल

हिमाल प्रेस ६ जेठ २०८२ १८:४७
8
SHARES
राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : एमाले महासचिव पोखरेल

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन्। कम्युनिस्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरूले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए।

युवाहरूले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ। ‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ। विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्’, उनले भने।

दाङमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, ‘अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिस्ट पार्टीको संगठन विस्तारमा लाग्नु भएको थियो। उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो।’

लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ६ जेठ २०८२ १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast