सरकारले दण्डहीनतालाई प्रोत्साहन गरिरहेको छ : डा.कोइराला

हिमाल प्रेस ६ जेठ २०८२ १७:३८
14
SHARES
सरकारले दण्डहीनतालाई प्रोत्साहन गरिरहेको छ : डा.कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन दिइरहेको आरोप लगाएका छन्। कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले दण्डहीनतालाई प्रोत्साहन दिइरहेको बताए।

उनले देश विकास नहुनुका मुख्य कारण भ्रष्टाचार र सुशासनको अभाव भएको दाबी गरे। ‘हामी देश बनाउन नसक्ने होइन, हामी अलमलिएका छौं। राम्रो शासन व्यवस्था छैन, भ्रष्टाचार मौलाउँदै गएको छ र सरकारले दण्डहीनतालाई नै प्रोत्साहन दिइरहेको छ। यदि यसलाई रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ,’ उनले भने।

डा.कोइरालाले देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारमै देखिनुपर्ने धारणा राखे। हालै अर्थमन्त्रीसँगको भेटको प्रसंग सुनाउँदै उनले मन्त्रालयहरू अझै पनि २५ लाख रुपैयाँ जति साना बजेट पठाइरहेको जनाए।

‘अर्थमन्त्रीले भन्नुभयो- मन्त्रीज्यूहरूलाई भनिदिनुपर्‍यो ४०/५० लाखको बजेट नपठाउनुस् भनेर। तर अहिले पनि २५ लाखसम्मको बजेट मन्त्रालयबाट गइरहेको छ। तीन करोडभन्दा कमको बजेट स्वीकृत नहुने भनेर भनिए पनि व्यवहारमा त्यो लागू भएको छैन,’ कोइरालाले भने।

उनले देशको वर्तमान अर्थतन्त्र मुख्यतः रेमिट्यान्समा भरिएको भन्दै खाडी मुलुकमा गएका नेपालीहरूको कमाइले देश चलेको बताए। ‘यहाँको आर्थिक चहलपहल वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएको पैसाले हो,देशको अर्थतन्त्र त उनीहरूले धानेका छन्,’ उनको टिप्पणी छ।

प्रकाशित: ६ जेठ २०८२ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast