सर्वोच्चले गर्‍यो विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने आदेश

हिमाल प्रेस ६ जेठ २०८२ १७:२५
34
SHARES
सर्वोच्चले गर्‍यो विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न लागिएको विश्व पौडेलविरुद्ध दायर रिट दर्ता नहुने आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दिएको दरपिठ आदेश सदर गर्दै रिटलाई अगाडि नबढाउने निर्णय सुनाएको हो।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति परित्याग गरेका पौडेललाई पुनः गभर्नर बनाउन खोजिएको भन्दै रिट दायर गरेका थिए। तर, रजिस्ट्रार पोखरेलले उक्त रिटलाई ‘बेरीत’ भन्दै दरपिठ गरेका थिए।

उक्त दरपिठविरुद्ध निवेदकहरूले गत शुक्रबार पुनरावलोकन माग्दै निवेदन दिएका थिए। सुनुवाइपछि अदालतले प्रारम्भिक आदेश दिन नमिल्ने ठहर गर्दै रिट दर्ता नहुने निर्णयलाई कायम राखेको हो।

प्रकाशित: ६ जेठ २०८२ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast