शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, के हो कसुर?

हिमाल प्रेस ६ जेठ २०८२ १७:१२
26
SHARES
शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, के हो कसुर?

लुम्बिनी- कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी रुपन्देहीबाट पक्राउ परेका छन्। विद्युतीय अपराधसम्बन्धी कसुरमा चौधरी पक्राउ परेका हुन्।

विद्युतीय अपराध गरेको मुद्दा इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता भएको र जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि चाैधरी आफैँ प्रहरीसमक्ष आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।

अध्यक्ष चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो। पूर्जी जारी भएपछि उनी केही दिन फरार थिए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  बाट गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

यौन शोषणमा परेकी एक युवती र उनको परिवारको गोपनीयता भंग गरेको ओरोपमा प्रहरीमा उजुरी दर्ता भएको हो।

प्रकाशित: ६ जेठ २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast