ज्ञानेन्द्र शाहीको आक्रोश- कर्णालीका जनतामाथि अत्याचार बन्द गरियोस्

हिमाल प्रेस ६ जेठ २०८२ १३:२६
14
SHARES
ज्ञानेन्द्र शाहीको आक्रोश- कर्णालीका जनतामाथि अत्याचार बन्द गरियोस्

काठमाडौँ- सांसदहरूले हुम्लास्थित नाम्खा गाउँपालिका-६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनः उद्धार गर्नका लागि उनीहरूले ध्यानाकर्षण गराएका हुन्।

सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे।

‘पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुंगो छैन। मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन? कर्णालीका  जनतामाथि अत्याचार गर्न बन्द गरियोस्,’ उनले भने।

सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरिन्। सांसद डा.स्वर्णिम वाग्लेले तनुहँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताए।

सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरिन्।

सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताइन्। सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast