काठमाडौँ- आईसीसी महिला टी २० विश्वकपको ग्लोबल छनोट अन्तर्गत थाइल्यान्डले नेपाली महिला टिमलाई १५९ रनको लक्ष्य दिएको छ।
टस जितेर हारेर ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले मात्र २ विकेट गुमाएर २० ओभरमा
१५८ रन बनाउन सफल भयो। थाइल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाए।
नाताया बुचाथाम र ननापात कोचारोइन्काइले समान ५०-५० रन बनाए। नेपालका लागि मनीषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट मा लिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुँदैछ।
प्रकाशित: ६ जेठ २०८२ १०:३०
प्रतिक्रिया



