‘सुपर थ्री’ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालले बलिङ गर्ने

हिमाल प्रेस ६ जेठ २०८२ ८:२०
‘सुपर थ्री’ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालले बलिङ गर्ने

काठमाडौँ- आईसीसी महिला टी२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत ‘सुपर थ्री’को अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ।

प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ। नेपाल र थाइल्यान्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन्। एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेल हो। खेल नेपाली समयअनुसार बिहान ८:४५ बजे सुरु हुनेछ।

तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याड दुवै यूएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन्। नेपालले सोमबार यूएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्यान्डको ८ अंक, नेपालको ७ अंक र यूएईको ६ अंक रहेको छ ।

प्रकाशित: ६ जेठ २०८२ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast