आईपीएलमा हैदरावादसँगको हारले प्लेअफबाट बाहिरियो लखनउ

हिमाल प्रेस ६ जेठ २०८२ ६:२८
आईपीएलमा हैदरावादसँगको हारले प्लेअफबाट बाहिरियो लखनउ

काठमाडौँ- लखनउ सुपर जाइन्ट जारी आईपीएलमा प्लेअफको दौडबाट बाहिरिएको छ। गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले हारेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको हो।

लखनउले दिएको २०६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्वाधिक ५९, हेनरिक क्लासेनले ४७ रन, इशान किसनले ३५ रन र केमिन्दु मेन्डिसले ३२ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ६५ र एडन मार्क्रमको ६१ रनको सहयोगले ७ विकेट गुमाउदै २०५ रन बनाएको थियो।

यो खेलपछि लखनउसँगै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स प्लेअफको दौडबाट बाहिरिएका छन्।

त्यसैगरी गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स प्लेअफमा पुगेका छन्। त्यस्तै एक स्थानको लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धामा रहेका छन्।

प्रकाशित: ६ जेठ २०८२ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast