
काठमाडौँ– सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ रानीगन्जमा लालबन्दीतर्फ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १ ज २६४५ नम्बरको म्याजिकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
र्दुघटनामा परी म्याजिकमा सवार रानीगन्ज बस्ने २२ वर्षीया सोना पन्तको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी पन्तको उपचारका क्रममा लालबन्दीस्थित मोडेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन्। सामान्य घाइतेहरू उपचारपश्चात डिस्चार्ज भएर घर गएको र बाँकीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित: ५ जेठ २०८२ १९:०५
प्रतिक्रिया