जनमतका निलम्बित कोषाध्यक्ष यादव रिहा

हिमाल प्रेस ४ जेठ २०८२ २०:११
12
SHARES
जनमतका निलम्बित कोषाध्यक्ष यादव रिहा

काठमाडौँ- जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव रिहा भएका छन्। यादव पाँचलाख धरौटी बुझाएर आइतबार रिहा भएका हुन्।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले उनलाई पाँच धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश आएलगत्तै धरौटी बुझाएर यादव रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिएको जाहेरीका आधारमा यादवविरूद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। प्रवक्ता यादवले यादव र उनकी श्रीमती ललिताकुमारी यादवविरूद्ध १ करोड ८५ लाख १ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै जाहेरी दिएका थिए।
ललितपुर प्रहरीले वैशाख ७ गते उनलाई सप्तरीबाट पक्राउ गरेको थियो।
पार्टीभित्र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले चारबुँदे स्पष्टीकरण सोध्दै उनलाई गत वर्ष फागुन २४ गते कोषाध्यक्ष पदबाट निलम्बन गरेको थियो।

निलम्बित कोषाध्यक्ष पक्राउ परेपछि जनमतमा खैलाबैला

आर्थिक हिनामिना र ठगी गरेको आरोपमा जनमतका कोषाध्यक्ष निलम्बित

प्रकाशित: ४ जेठ २०८२ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast