शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)

हिमाल प्रेस ४ जेठ २०८२ १७:१० | Sunday, May 18, 2025
4
SHARES
शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार पेस गरिएको छ। समितिअन्तर्गत गठित उपसमितिले दफावार छलफल सकेर प्रतिवेदन समितिका सभापति अम्बरबहादुर थापालाई बुझाएको हो।

विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिलाई दुईपटक गरी कुल ४५ दिनको समय दिएको थियो। पहिलोपटक गत चैत ८ गते ३५ दिनको समय दिइएकोमा, दोस्रोपटक वैशाख २२ गते थप १० दिन समय थप गरिएको थियो।

असार १५ गतेभित्र विधेयक ऐनको रूपमा ल्याउने सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिअनुसार उपसमितिले विधेयकमाथि विस्तृत छलफल गरेको हो। यद्यपि, प्रतिवेदनमा दुई विषयमा सहमति जुट्न नसकेको समितिका एक सदस्यले जानकारी दिए।

पहिलो, बाल विकास कक्षा (ईसीडी) लाई कति वर्षे बनाउने भन्नेमा स्पष्ट निर्णय हुन सकेको छैन। ती सदस्यका अनुसार अधिकांश सदस्यहरू दुई वर्षे बनाउनुपर्ने पक्षमा छन् तर औपचारिक सहमति जुट्न बाँकी छ। दोस्रो, निजी विद्यालयलाई गुठीमा कति वर्षपछि समावेश गर्ने भन्ने विषयमा पनि सहमति हुन सकेको छैन। अब याे विषय समितिले टुंग्याउनेछ।

उपसमिति संयाेजक छविलाल विश्वकर्माको संयोजकत्वमा गठन गरिएको थियो। अब समितिमा प्रतिवेदनमाथि छलफल भएपछि प्रतिनिधिसभामा विधेयक पेस गरिनेछ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित: ४ जेठ २०८२ १७:१० | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast