कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु

हिमाल प्रेस ४ जेठ २०८२ ११:५३
14
SHARES
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु

विराटनगर- कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको जानकारी दिए।

यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

प्रकाशित: ४ जेठ २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast