
काठमाडौँ- साफ यू १९ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बंगलादेशले खेल्दैछन्। खेल भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-० र बंगलादेशले नेपाललाई २-१ गोलले हराउँदै उपाधि नजिक पुगेका हुन्।
१९ वर्षमूनीको साफ च्याम्पियनसिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी थिए।
प्रकाशित: ४ जेठ २०८२ १०:५३
प्रतिक्रिया