इजरायलले गाजामा सुरू गर्‍यो नयाँ सैन्य अभियान

हिमाल प्रेस ३ जेठ २०८२ १७:४१
14
SHARES
इजरायलले गाजामा सुरू गर्‍यो नयाँ सैन्य अभियान तस्बिर : सिन्ह्वा

काठमाडौँ– इजरायलले गाजामा नयाँ ‘अपरेसन’ सुरू गरेको छ। हमासलाई अन्त्य गर्ने र बाँकी बन्धकको रिहाई सुनिश्चित गर्ने उद्देश्यले इजरायली सेनाले गाजामा नयाँ ‘अपरेसन’ सुरू गरेको हो।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नो हिबु्र एक्स खातामा लेखेको छ,‘‘अपरेसन गिडिआन्स चैरियट’ का लागि सैनिक भेला भइसकेका छन्। यो अपरेसनको उद्देश्य गाजापट्टीस्थित मुख्य रणनीतिक क्षेत्रमा नियन्त्रण हासिल गर्ने रहेको छ।’

आईडीएफले आफ्नो अंग्रेजी एक्स खातामा यो अपरेसनको नाम उल्लेख गरेको छैन। हमास इजरायली बन्धक र इजरायलका लागि खतरा रहुन्जेल यो अपरेसन जारी रहने आईडीएफले जनाएको छ।

आईडीएफले पछिल्लो २४ घण्टामा गाजापट्टीमा १५० भन्दा बढी स्थानमा आक्रमण गरिसकेको छ। इजरायली सेनाले शुक्रबारदेखि गाजा क्षेत्रमा आफ्ना आक्रमणहरूल थप तीव्र पारेको बताइएको छ। यसअन्तर्गत हवाई बमबारी र थप स्थल सेनाहरू पनि पठाइएको आईडीएफले जनाएको छ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताएका थिए।

गाजाका स्वास्थ्य अधिकारीका अनुसार शुक्रबारमात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन्।

गत वर्ष २०२३ अक्टुबर ७ देखि सुरू भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने १ लाख २० हजार २१४ जना घाइते भएका छन्।

हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।

१० प्यालिस्टिनी रिहा

यसैबीच इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानका क्रममा पक्राउ परेका १० जना प्यालेस्टिनीलाई रिहा गरेको छ
रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित अस्पताल पु¥याइएको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन्।

प्रकाशित: ३ जेठ २०८२ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast