मदन-आश्रित स्मृति दिवस आज

हिमाल प्रेस ३ जेठ २०८२ ७:००
मदन-आश्रित स्मृति दिवस आज

काठमाडौँ- ३२ औँ मदन-आश्रित स्मृति दिवस शनिबार मनाइँदैछ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन-आश्रित स्मृति दिवस मनाइन्छ।

मदन-आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन-आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरेको उनले बताए।

एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन-आश्रित स्मृति दिवस मनाउँदैछ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

कास्कीको पोखरामा तय भएको सभामा सम्बोधन गर्न जाँदै दुर्घटना भएको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए। २०६० सालमा लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।

प्रकाशित: ३ जेठ २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast