
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ मा आएका पाहुनाहरूको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।
प्रधानमन्त्री ओलीले पाहुनाहरूको सम्मानमा शुक्रबार सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका हुन्।
शुक्रबारदेखि सुरू भएको ‘सगरमाथा’ संवाद कार्यक्रममा भाग लिन भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव, बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिद, भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री, जेम छेरिङ, संयुक्त अधिराज्य संसदीय उप–सचिव (लड्र्स मन्त्री) बारोनेस सुसान हाइम्यान, संयुक्त अरब इमिरेट्सको ऊर्जा तथा दिगो विकास मामिलाका लागि सहायक परराष्ट्रमन्त्री, अब्दुल्ला बालाला नेपाल आएका छन्।
त्यसैगरी, जापानका परराष्ट्र मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आकिको, भारतका अतिरिक्त सचिव (सहायकमन्त्री) अमनदीप गर्ग, कतारका बदर ओमर अल दफाकार्यक्रममा सहभागी भएका छन्।
पाँचवर्षे कार्ययोजनाको कार्यान्वयनका लागि राष्ट्रपति विशेष प्रतिनिधि, किर्गिस्तान गणराज्यको दिनारा केमेलोभा, ब्राजिलबाट नेपालका लागि राजदूत कार्लोस अल्बेर्टो मिकाएलसेन डेन हार्टोगलगातयतका अतिथिहरू सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका छन्।
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय