साहित्य आशा जगाउने खालकाे लेखिनुपर्छ : चट्याङ मास्टर  [अन्तरवार्ता])

हिमाल प्रेस ३ जेठ २०८२ १०:१९
10
SHARES
साहित्य आशा जगाउने खालकाे लेखिनुपर्छ : चट्याङ मास्टर  [अन्तरवार्ता])

कृष्णमुरारि गौतम साहित्यमा चट्याङ मास्टरका नामले परिचित छन्। उनी २०१० सालमा माता भीमकुमारी गौतम र पिता नारायण गौतमको कोखबाट जन्मिएका हुन्।गौतमले अस्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। उनकाे रुचि साहित्य लेखनतिर बढी केन्द्रित छ। करिब दुई दशकदेखि साहित्यतिर निरन्तर कलम चलाइरहेका गाैतमका अहिलेसम्म पाँच कृति प्रकाशन भइसकेका छन्। उनको पहिलो रचना ‘माग्ने’ हो। हाल उनी नयाँ कृति प्रकाशनकाे तयारीमा छन्। गाैतमका साहित्यक यात्रा  र समसामयिक विषयमा जितराज सापकोटासँग गरेको कुराकानी :

तपाईंको साहित्य लेखन कहिलेदेखि सुरु भयो?

म हास्यव्यङ्ग्य लेखनमा लागेको करिब २० वर्षभन्दा बढी भइसक्यो।

लेखनप्रति रुचि कसरी जाग्यो? कसैबाट प्रभावित हुनुहुन्थ्यो?

केशवराज पिँडाली र भैरव अर्यालबाट धेरै प्रभावित छु।

अहिले लेखन यात्रा कसरी चलिरहेको छ, नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि? वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?

आजभोलि धैरै मानिस सामाजिक सञ्जालमै रमाउने भएकोले मेरो प्रायः साहित्य अनलाइनतिर प्रकाशन हुन्छ। पहिलेभन्दा निकै कम लेखे पनि म आफ्नो रचनाप्रति सन्तुष्ट छु। नयाँ कृतिको प्रयास जारी छ र छिट्टै तपाईंहरूले थाहा पाउनुहुनेछ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?

साहित्य र स्रष्टाप्रति राष्ट्र जिम्मेवारी हुनुभन्दा बढी स्रष्टा जिम्मेवार हुनुपर्छ।

तपाईंको साहित्यिक आदर्श के हो?

श्रीमद्भगवतगीता।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त?

आ÷आफ्नो तहमा सबैले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन्।

तपाईं आफ्नाे कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

सन्तुष्ट छु।

साहित्य लेखनमा हिजो र आजको समयलाई कसरी तुलना गर्नुहुन्छ?

साहित्य लेखनमा हिजो र आजको तुलना गर्न मिल्दैन। सबै साहित्य समयसापेक्ष हुन्छन्।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?

जुन साहित्यले मान्छेमा आशा जगाओस् र सोच फराकिलो बनाओस्। त्यस्तै साहित्य लेखिनुपर्छ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ?

पाठकहरूकै माया र प्रोत्साहनले मलाई प्रेरणा दिन्छ।

तपाईंको लेख्ने निश्चित समय छ कि?

मेरो त्यस्तो निश्चित समय त छैन तर, प्रायःजसो बिहान-बेलुका लेख्न रुचाउँछु।

लेख्न कस्तो वातावरण चाहिन्छ?

शान्त वातावरण चाहिन्छ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

राजनीति र समसामयिक स्थिति हेरेर विषयवस्तु छान्छु।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन्?

नयाँ विषयवस्तु लिएर त्यसलाई फरक ढंगले प्रस्तुत गर्नु नै सबैभन्दा महत्त्वपूर्ण गुण हो।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ?

मलाई त हास्यव्यंग्य नै हो जस्तो लाग्छ। यदि नभएमा भइदियोस् जस्तो लाग्छ।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

भान्सैपिच्छे फरक मसला भएजस्तै सृजनामा सजीवता र काल्पनिकता विषयअनुसार फरक हुन्छ। मलाई यो कुरा तुलना गर्न मिल्छ जस्तो लाग्दैन।

लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ?

साहित्य लेख्नलाई मलाई कहिल्यै बाध्यता महसुस भएन।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?

रचनालाई यसै बाहिर निकाल्नुभन्दा त्यसलाई सिँगारपटार गरेर निकाल्नुचाहिँ झन राम्रो।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन्?

आफ्नै सिर्जनामा थोरै विश्वास हुनेहरूले मात्र यसो गर्छन् होला।

प्रकाशित: ३ जेठ २०८२ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast