महिला टी–२० विश्वकप छनोट : नेपाल सुपर–३ मा

हिमाल प्रेस २ जेठ २०८२ १५:५०
32
SHARES
महिला टी–२० विश्वकप छनोट : नेपाल सुपर–३ मा तस्बिर : क्यान

काठमाडौँ– हङकङ र बहराइनको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि बढी जित निकालेका आधारमा नेपाल सुपर–३ मा प्रवेश गरेको हो।

आईसीसीको नियमअनुसार ‘डबल राउन्ड रोबिन’ लिगपछि शीर्ष दुई टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि बढ्छ। नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो। हङकङको समान खेलमा एक जित र तीन नजिताविहीन भएको थियो।

शुक्रबार विजयी भएको भए हङकङ ६ अंकसहित समूह विजेता बनेर सुपर–३ मा प्रवेश पाउने थियो। तर, वर्षा बाधक बन्दा हङकङ प्रतिस्पर्धाबाट बाहिरिएको छ।
प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका छन्।

नेपालले सुपर–३ मा बलिया टोली यूएई र थाइल्यान्डको सामना गर्नेछ। सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन्।

प्रकाशित: २ जेठ २०८२ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast