सहरमा आज : थिएटरमा पाँच नाटक, हलमा कुनकुन फिल्म?

हिमाल प्रेस ३ जेठ २०८२ ६:४१
40
SHARES
सहरमा आज : थिएटरमा पाँच नाटक, हलमा कुनकुन फिल्म?

काठमाडौँ- आज जेठको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।

साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता दुई नेपाली र एक हलिउड फिल्म प्रदर्शन भएको छ, ‘के घर के डेरा घर नं २’ र ‘हेल्लो काँशीराम’। हलिउडमा ‘फाइनल डेस्टिनेसनः ब्लडलाइन’। यी बाहेक पनि हिन्दी र नेपाली फिल्म चलिरहेकै छ।

त्यस्तै, थिएटरमा ‘पीडा गीत’, ‘लस्ट एण्ड फाउण्ड’, ‘ऋतु राग’, ‘वायुपङ्खी बफेलो’ र ‘उर्फ दारासिंह’ गरी पाँच नाटक मञ्चनरत छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

थिएटरमा चलिरहेकाे पाँच नाटक

विकल्प आर्ट क्याफेमा ‘पीडा गीत’

पुल्चोकस्थित विकल्प आर्ट क्याफेमा एकल नाटक ‘पीडा गीत’ आज साँझ ६ बजे सो हुँदैछ। नाटककार खगेन्द्र लामिछानेको नाटक चे शंकरले निर्देशन गरेका छन्। युद्ध र सम्झनाका प्रतिध्वनिमाथि आधारित नाटकमा माओवादी द्वन्द्वका बेला विस्थापित भएका दलबहादुरको कथा भनिएको छ। उनी अहिले काठमाडौँमा एक्लै जीवन गुजारिरहेका छन्। दलबहादुरको भूमिकामा निर्भीकले अभिनय गरेका छन्।

शिल्पीमा ‘लस्ट एण्ड फउण्ड’
घिमिरे युवराजको लेखन तथा निर्देशनमा बनेको नाटक ‘लस्ट एण्ड फाउण्ड’ आजदेखि नियमित मञ्चन हुँदैछ। नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेछ। सहरी जीवनको निरन्तर विकास हुँदै गइरहेको परिदृश्यमा मानव सम्बन्धको जटिलताहरुलाई उजागर गर्ने प्रयास गरिएको छ। नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीले अभिनय गरेका छन्। जेठ ३ देखि १७ गतेसम्म नाटक बेलुका ५ः १५ बजे मञ्चन हुनेछ। र शनिबार १ बजेको अतिरिक्त सो छ।

मण्डलामा ‘ऋतु राग’
मण्डला थिएटरकै प्रस्तुति रहेको नाटकका लेखक तथा निर्देशक सुदिप खतिवडा हुन्। सोमबारबाहेक सााको प्रत्येक दिन बेलुका ६ः३० बजे र शनिबार दिउँसो २ः३० बजे नाटक मञ्चन गरिनेछ। नाटकमा ऋतु÷ मौसममा आधारित छ। मौसमअनुसार मानिसले गर्ने अनुभूति नाटकमा प्रस्तुत गरिएको छ। नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रूजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी, सुजन घिमिरेको अभिनय छ।

कथा घेरामा ‘वायुपङ्खी बफेलो’
टेकुस्थित कौशी थिएटरमा नाटक ‘वायुपङ्खी बफेलो’ मञ्चन भइरहेको छ। वैशाख १८ मञ्चनरत नाटकको आज दुई सो छ। दिउँसो १ र साँझ ५: २० बजे। नाटकका लेखक तथा निर्देशक छितिज पराजुली हुन्। नेपाल छोड्ने युवापुस्ताको कथा प्रस्तुत गरिएको नाटकमा निशान खत्री, ऋषिकेश बस्याल, शिला निरौला र कविर काफ्काले अभिनय गरेका छन्।

मण्डलामा ‘उर्फ दारासिंह’
थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १६ नाटक ‘उर्फ दारासिंह’ मञ्चन भइरहेको छ। चेतन आङ्थुपोले निर्देशन गरेको नाटक दारासिंह अर्थात् कर्ण बहादुर केरुङको कथामा आधारित छ। सुमन लिङ्देनको कथा रहेकोे नाटकमा पञ्चायतकालीन समयको झोडा आन्दोलनमा कर्ण बहादुर केरुङको भूमिकाबारे देखाइएको छ। आगामी जेठ ११ सम्म मञ्चन हुने नाटकमा कलाकार आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा, मनी के.राई, नुमा राई, सम्पदा थुलुङ, मनिक शंकर, प्रविन भण्डारी, सञ्जित थुलुङ, अजय लामा, युगल लिम्बू, पवन गोले, युगल श्रेष्ठ र उज्वल राईले अभिनय गरेका छन्। चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ।

हलमा ९ फिल्म

फाइनल डेस्टिनेसनः ब्लडलाइन
हलिउड फिल्म ‘फाइनल डेस्टिनेसनः ब्लडलाइन’ नेपालमा जेठ २ देखि प्रदर्शन भइरहेको छ। फिल्म हरर ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक ज्याक लिपोभ्स्की र एडम बी स्टेन हुन्। फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोन मुख्य भूमिकमा छन्।

क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको २९ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज र कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

के घर के डेरा घर नं २
फिल्म ‘के घर के डेरा घर न‌ं २’ जेठ २ देखि प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन्। सामाजिक कथामा आधारित फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, केकी अधिकारी, निश्चल बस्नेत, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ। फिल्मको कथा आर्थिक अभावमा जीवन गुजारिरहेका सबै वर्गको कथा समेटिएको छ।

उपत्यकामा क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्म्को २६ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘ऊनको स्वीटर’ चलिरहेको अन्य हल हुन्।

हेल्लो काँशीराम
फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ देखि प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक रिम विश्वकर्मा हुन्। दिलीप रायमाझी मुख्य भूमिकामा रहेको फिल्मको कथा बेरोजगारी युवाको संघर्षको कथामा आधारित छ। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र लोत्से मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, विश्वज्योति हलमा फिल्मको सो छ।

जार
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ हो। यो उनको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ। वैशाख २६ देखि प्रदर्शनरत फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। फिल्मको मुख्य भूमिकामासौगात मल्ल, अनूप विक्रम शाही, गीताञ्जली थापा छन्। फिल्ममा तत्कालीन समयको शासन व्यवस्थाले जारलाई दिने सजायको कथा प्रस्तुत गरिएको छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मल, छाया सेन्टर र मा रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको २७ सो छ। आईएनआई सिनेमाअन्तर्गत आइप्लेक्स मल र लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।

हिट : द थर्ड केस
बलिउड फिल्म ‘हिट : द थर्ड केस’ मे १ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक शैलेश कोलानु हुन्। फिल्ममा विजय सेतुपति, नानी, आदिवी शेष मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्स हलमा फिल्मको सो छ।

रेड-२
बलिउड फिल्म ‘रेड-२’ नेपालमा प्रदर्शन भइरहेको छ। वैशाख १८ देखि प्रदर्शनरत फिल्मका निर्देशक राजकुमार गुप्ता हुन्। क्राइम र थ्रिलर जनरामा बनेको फिल्ममा अजय देवगन, वाणी कपूर र रितेश देशमुखको मुख्य भूमिका छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको ३ सो छ। बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजान फिल्मको सो छ।

थ्रि डि : थन्डरबोल्ट्स
हलिउड फिल्म ‘थन्डरबोल्ट्स’ वैशाख १९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन एडभेञ्चर र क्राइम जनरामा बनेको छ। फिल्मका निर्देशक जेक स्क्रियर हुन्। फिल्ममा फ्लोरेन्स पग, सेबास्टियन स्टेन, राहेल वेइज मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर र लबिम मलमा फिल्मको दुई सो छ।

लाज शरणम्
गतवर्ष फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’ का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
शनिबार उपत्यकाका रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

प्रकाशित: ३ जेठ २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast