गजेन्द्र भण्डारी पुरस्कारबाट पत्रकार केशव र दुर्गा सम्मानित

हिमाल प्रेस २ जेठ २०८२ १४:४७
10
SHARES
गजेन्द्र भण्डारी पुरस्कारबाट पत्रकार केशव र दुर्गा सम्मानित

पोखरा– गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे।

दुबै दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन्।

पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारजनले उक्त पुरस्कार स्थापना गरेका हुन्। स्वर्गीय भण्डारीको शुक्रबार ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरिएको महासंघ कास्की अध्यक्ष माधव बरालले बताए।

२०५४ सालदेखि वितरण थालिएकोमा यसअघि २७ पत्रकार पुरस्कृत भसकेका छन्। पछिल्लो समय ३ लाख थपेर कुल ४ लाखको अक्षयकोष स्थापना गरी राष्ट्रियस्तरको पुरस्कार बनाइएको सन्तोष भण्डारीले जानकारी दिए।

उनी गजेन्द्रका कान्छा सुपुत्र हुन्। यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो।

समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठ, सम्मानित केशव पाठक र दुर्गा अधिकारी, महासंघ कास्की सचिव भूपाल गुरूङ लगायतले बोलेका थिए।

प्रकाशित: २ जेठ २०८२ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast