शिक्षक आन्दोलन राजनीतिक रूपमै जोडिएको रहेछ : निवर्तमान शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस २ जेठ २०८२ ७:४४
1.2k
SHARES
शिक्षक आन्दोलन राजनीतिक रूपमै जोडिएको रहेछ : निवर्तमान शिक्षामन्त्री भट्टराई

काठमाडौँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूले शिक्षक आन्दोलन राजनीतिसँग जोडिएको बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीबाट आवश्यक सहयोग नपाएपछि उनले बाध्य भएर पदबाट बाहिरिएको हालै एक टेलिभिजन अन्तर्वार्तामा बोलेकी छिन्।

शिक्षक आन्दोलन चलिरहेको बेला महासंघले कडा चेतावनी दिएको स्मरण गर्दै भट्टराईले भनिन्,’आन्दोलन चरम हिसाबले अगाडि बढाउँछौं, उहाँहरू (नेपाल शिक्षक महासंघ) ले भन्नुभयो। त्यतिबेला यो आन्दोलन शिक्षक आन्दोलन मात्र रहेनछ भन्ने अहिले मलाई लागेको छ। राजनीतिक हिसाबले पनि जोडिएको रहेछ।’

महासंघले शिक्षा ऐनको माग गर्दै देशभर ८९ दिन लामो आन्दोलन गरेको थियो। जसमा २९ दिनसम्म काठमाडौँमा नै निरन्तर सडक संघर्ष गरिएको थियो।

‘शिक्षा ऐनका लागि ‘कि जितिन्छ कि बितिन्छ’ भन्ने अडानमा उभिएको महासंघ अन्ततः सरकारसँग ९ बुँदे सहमति गरी आन्दोलन स्थगित गरेको थियो। यद्यपि, प्राप्त सहमतिप्रति शिक्षक र कर्मचारीहरू पूर्ण रूपमा सन्तुष्ट नभएको टिप्पणीहरू आएका छन्।

प्रकाशित: २ जेठ २०८२ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast