इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

हिमाल प्रेस १ जेठ २०८२ २१:५९
8
SHARES
इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

काठमाडौँ- इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँस्थित इजरायल दूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ। दूतावासले यस अवसरमा बिहीबार कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शमुलिक एरिए बासले इजरायलको बलियो पक्ष केवल सैन्य शक्ति नभई जनताको एकता र आत्मबलसमेत रहेको बताए।
उनले नेपालसँग सहकार्य गर्दै उज्जवल भविष्य निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा २०२३ अक्टुबर ७ मा हमासद्वारा गराइएको आक्रमणको पनि स्मरण गरिएको थियो। त्यस अवसरमा नेपाली पीडित धनबहादुर चौधरी र इजरायली नोआ बियरको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। भिडियो सन्देशमा उनीहरूले भोगेको क्रूरता र बाँच्नका लागि गरेको संघर्षबारे बताएका थिए।

त्यस्तै हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीको दिदीको भिडियो सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो। उनले जोशीको सुरक्षित रिहाईका लागि सबैसँग अपिल गरेकी छन्।

कार्यक्रममा इजरायली जनताको प्रेरणादायी यात्रा र राष्ट्र निर्माणको इतिहासलाई दर्शाउने वृत्तचित्र पनि प्रस्तु गरिएको थियो।

नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। इजरायल सरकारले सन् १९६१ मा काठमाडौँ दूतावास स्थापना गरेर सम्बन्धलाई औपचारिकता प्रदान गरेको थियो।

प्रकाशित: १ जेठ २०८२ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast