इजरायली आक्रमणमा परी गाजामा ९४ जनाको मृत्यु

हिमाल प्रेस १ जेठ २०८२ १९:११
14
SHARES
इजरायली आक्रमणमा परी गाजामा ९४ जनाको मृत्यु तस्बिर : रासस/एपी

काठमाडौँ– गाजामा गएरातिदेखि भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ जनाको ज्यान गएको छ। आक्रमणमा परी सबैभन्दा बढी गाजाको दक्षिणी सहर खान युनुसमा मृत्यु भएको हो।

हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सालले स्थानीय समयअनुसार गएराति २ बजेदेखि उद्धार दलले ५६ जनाको शव निकालेका छन्। उत्तरी गाजाको बैत लाहियाबाट चार र सेन्ट्रल गाजाको दीर अल–बलाहबाट दुई शव फेला परेका छन्।

प्रवक्ता बस्सालका अनुसार खान युनिसमा एउटै परिवारका १३ सदस्यको ज्यान गएको छ।

इजरायल र हमासबीच ७ अक्टुबर २०२३ देखि युद्ध सुरू भएको थियो। गाजामा युद्धविरामको सम्झौता टुटेपछि इजरायलले कैयन हवाई आक्रमण गरिसकेको छ।

६ मेमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले गाजाको २१ लाख जनसंख्या बचाउन उनीहरूलाई अन्य स्थानमा सार्ने बताएका थिए।

उत्तरी र दक्षिणी गाजामा बुधबार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन्। उनले खाडी देशहरूको भ्रमण गरिरहेका छन्। तर इजरायल भ्रमण गर्ने उनको कार्यक्रम छैन।

ट्रम्पको क्षेत्रीय भ्रमणले युद्धविराम सम्झौता वा गाजामा मानवीय सहायता पुनर्नवीकरण गर्न सक्ने व्यापक आशा थियो। त्यस क्षेत्रमाथिको इजरायली नाकाबन्दी अब तेस्रो महिनामा छ।

प्रकाशित: १ जेठ २०८२ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast