विद्यालय कर्मचारीको हकहितबारे संयोजक विश्वकर्मालाई परिषद्को ध्यानाकर्षण

हिमाल प्रेस १ जेठ २०८२ १३:५६ | Thursday, May 15, 2025
विद्यालय कर्मचारीको हकहितबारे संयोजक विश्वकर्मालाई परिषद्को ध्यानाकर्षण

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिका संयाेजक तथा रुपन्देही क्षेत्र नं. १ का सांसद छविलाल विश्वकर्मासँग विद्यालय कर्मचारीका विषयमा छलफल भएको छ।

उक्त छलफलमा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीको नेतृत्वमा विद्यालय कर्मचारीका सेवा, सुविधा, विद्यालय संरचना र अधिकार सुनिश्चितताका विषयमा विस्तृत रूपमा चर्चा गरिएको थियो।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरू शिक्षासम्बन्धी सेवामा समर्पित रहे पनि उनीहरूको अधिकार र पहिचानबारे अझै स्पष्ट नीति नहुनु गम्भीर विषय भएको बताउँदै सुधारात्मक नीति निर्माणको आवश्यकता औंल्याए।

छलफलमा अध्यक्ष तिवारीले शिक्षकबाहेकका विद्यालय कर्मचारीहरूको दैनिक कार्यभार, न्यून तलब, सामाजिक सुरक्षाको अभाव, पदस्थापन प्रक्रिया र सम्मानजनक परिचय सुनिश्चित गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराए। साथै, उनले आगामी प्रतिवेदनमा यी विषयहरू समेट्न आग्रह गरे। उपसमितिले शिक्षा विधेयकमाथि छलफल समापन गरेर समितिलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

सांसद विश्वकर्माले विद्यालय कर्मचारीहरूको माग र समस्याहरूप्रति सहानुभूतिपूर्वक प्रतिक्रिया दिँदै प्रतिवेदनमा यथोचित रूपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १ जेठ २०८२ १३:५६ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast