गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस १ जेठ २०८२ १३:११
22
SHARES
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्।

पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान् मान्छे ल्याउने हो। काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन। त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छु।’

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको स्पष्ट गरे। उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे।

प्रकाशित: १ जेठ २०८२ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast