
काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै निधिले गणतन्त्र दिवस र बजेट ल्याउने दिन एकै भएकाले परिवर्तन गर्न माग गरेका हुन्।
‘जेठ १५ गते गणतन्त्र दिवस हो। अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो। संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला। तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ। त्यसैले परिवर्तन गर्न माग गर्दछु,’ उनले भने।
निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह पनि गरे। बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक बाध्यता छ।
प्रकाशित: १ जेठ २०८२ १२:१७
प्रतिक्रिया