पोखराको लामेआहाल ईभी दुर्घटना अपडेट : तीन जनाको मृत्यु

विजय नेपाल ३१ वैशाख २०८२ १९:०२
38
SHARES
पोखराको लामेआहाल ईभी दुर्घटना अपडेट : तीन जनाको मृत्यु

पोखरा- पोखराको लामेआहालमा ईभी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकहरूको सनाखत हुन बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले मृतकको सनाखत हुन बाँकी रहेको बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० ईभी पोखरा ३२, लामेआहालमा बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। गाडी सडकदेखि अन्दाजी ३५÷४० मिटर तल बारीमा खसेको थियो।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको उक्त गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

यसअघि पोखराको पुम्दीमा बुधबार नै अर्को एक माइक्रो बस दुर्घटना भएको थियो। दुर्घटनामा ५ जना गम्भीर घाइते छन्। अन्य २० भन्दा बढी यात्रुको अवस्था सामान्य छ।

प्रकाशित: ३१ वैशाख २०८२ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast