
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को बजेट अधिवेशनमा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार आफ्ना पार्टीका सांसदहरुलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसद्मा विषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो।
रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञहरूबाट अन्तरक्रिया र प्रशिक्षण गराउने काम भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका विषयमा सांसदहरुलाई जानकारी गराइएको थियो।
वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता, बजेटका विषयमा रास्वपा सांसदहरुले सदनमा प्रभावकारी रूपमा छलफलमा भाग लिने बताए।
प्रकाशित: ३० वैशाख २०८२ १५:१६
प्रतिक्रिया