कति छ आज मुद्राको मूल्य?

हिमाल प्रेस ३० वैशाख २०८२ ६:५९
8
SHARES
कति छ आज मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरसहितका केही मुद्राको विनियमदर स्थिर रहँदा बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनियमदर हिजो बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही मूल्यमा हुँदै आएको छ।

आज युरो १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा छ।

कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा छ।

विगत दुई दिनसम्म एउटै मूल्मा स्थिर रहेको बहराइन दिनारको विनियमदर आज थोरै बढेको हो। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा थियो।

प्रकाशित: ३० वैशाख २०८२ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast