पानी र रगत सँगै बग्न सक्दैन : मोदी

हिमाल प्रेस २९ वैशाख २०८२ २१:२८
30
SHARES
पानी र रगत सँगै बग्न सक्दैन : मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत सँगै बग्न नसक्ने बताएका छन्। भारत–पाकिस्तानबीचको पछिल्लो तनावपछि सोमबार राष्ट्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मोदीले भने,‘भारतको मत पूरै प्रस्ट छ, टेरर र टक सँगै हुन सक्दैन। टेरर र टक सँगै हुन सक्दैन। पानी र रगत सँगै बग्न सक्दैन।’

२२ अप्रिलमा पहलगाममा भएको आक्रमणपछि पूरा देश, सबै राजनीतिक दल एक स्वरमा आतंकविरूद्ध उभिएको उनले बताए।

‘हामीले आतंकवादी अन्त्य गर्न भारतीय सेनालाई पूरा छुट दिएका छौँ। आज सबै आतंकी, आतंक संगठनले थाहा पाइसकेका छन्–हाम्री बहिनी, छोरीको शिरबाट सिन्दूर हटाउनेको परिणाम के हुन्छ,’ मोदीले भने।

प्रधानमन्त्री मोदीले अपरेसन सिन्दूरअन्तर्गत भारतको सैन्य कार्यबाही अहिले स्थगितमात्र भएको बताए। उनले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण गरेको आरोप लगाए।

मोदीले भारतको सैन्य कारबाही थेग्न नसकेर पाकिस्तानले गुहार लगाएपछि अपरेसन स्थगित गरिएको बताए। पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर कार्यबाही रोक्न आग्रह गरेको उनको भनाइ छ।

‘आगामी दिनमा पाकिस्तानले अपनाउने रणनीतिको आधारमा उसको मापन हुन्छ,’ उनले भने,‘पाकिस्तानलाई बाँच्नु छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधारहरूलाई अन्त्य गर्नैपर्ने हुन्छ।’

मोदीले पाकिस्तानसँग आतंकवादको मुद्दामा मात्रै संवाद गर्ने भारतको घोषित नीति रहेको बताए। उनले भने,‘आतंकवादको मुद्दामा मात्रै पाकिस्तानसँग संवाद गर्ने हाम्रो घोषित नीति हो। पाकिस्तान अधिनस्त कश्मीरमाथि मात्रै पाकिस्तानसँग संवाद हुन्छ।’

प्रकाशित: २९ वैशाख २०८२ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast