बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस २९ वैशाख २०८२ १५:०६
20
SHARES
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई। फाइल तस्बिर।

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुद्धले दिएको सत्य,अहिंसा,करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन्।

गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकाना दिँदै अध्यक्ष डा.भट्टराईले भनेका छन्,‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति,सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव,सहिष्णुता,वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून् भन्ने कामनासमेत गरेका छन्।

बुद्धजयन्तीले  सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ।

प्रकाशित: २९ वैशाख २०८२ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast