अपाङ्गता भएका व्यक्तिहरूलाई दिइयो उद्यमशिलता र वित्तीय साक्षरता तालिम

हिमाल प्रेस २९ वैशाख २०८२ १०:२८
48
SHARES
अपाङ्गता भएका व्यक्तिहरूलाई दिइयो उद्यमशिलता र वित्तीय साक्षरता तालिम

काठमाडौँ- अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित एक दिने उद्यमशिलता तथा वित्तीय साक्षरतासम्बन्धी अभिमुखिकरण तालिम शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका-२, इमाडोलमा सम्पन्न भएको छ।

अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजना तथा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय, भैंसेपाटीको साझेदारीमा आयोजना गरिएको तालिममा ललितपुरका ३० जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए भने संचालन महासचिव ई.कृष्ण महर्जनले गरेका थिए। कार्यक्रममा कार्यसमिति सदस्य सुमन घिमिरे अतिथि थिए भने रुवि महर्जन सहयोगीका रूपमा सहभागी थिइन्।

बद्रीनाथ भट्टराईले उद्यमशिलताको विषयमा र तारा सिग्देलले वित्तीय साक्षरताको विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई व्यवसाय सञ्चालन, लगानी, जोखिम व्यवस्थापन, नाफा–घाटा मूल्याङ्कनका साथै बैंकिङ प्रणाली, डिजिटल माध्यमको प्रयोग र सुरक्षासम्बन्धी जानकारी दिइएको थियो।

कार्यक्रम संयोजकसमेत रहेका महासचिव महर्जनले एटिएम कार्डको प्रयोग, ई-बैंकिङ, विभिन्न डिजिटल एप र साइबर सुरक्षाका विषयमा थप प्राविधिक जानकारी दिएका थिए।

सहभागीहरूका अनुसार तालिमले व्यवसाय र वित्तीय व्यवहारबारे व्यावहारिक ज्ञान दिनुका साथै डिजिटल पहुँच र सुरक्षाबारे पनि चेतना प्रदान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast