
काठमाडौँ– तीनकुने घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
बस्नेतलाई प्रहरीले काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बस्नेतलाई आइतबार पक्राउ गरेको जानकारी दिए। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बोहराले बताए।
प्रकाशित: २८ वैशाख २०८२ १९:५५
प्रतिक्रिया