
काठमाडौँ- सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम व्यावहारिक र परिणाममुखी भएको बताएका थिए।
ओलीको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममाथि पेस भएका संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
त्यसपछि सभामुख घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए।