एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडक

हिमाल प्रेस २८ वैशाख २०८२ ११:२०
10
SHARES
एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौँ- ट्रक पल्टिएर अवरुद्ध मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक हटाउन झन्डै तीन घण्टा लागेको थियो।

क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाएको र सडक एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।

मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक बिहान सडकमै पल्टिँदा गाडी रोकिएका थिए। सडक खुलेसँगै रोकिएका गाडी र यात्रु अहिले गन्तब्यतर्फ लागेका छन् ।

प्रकाशित: २८ वैशाख २०८२ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast