
लुम्बिनी- २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस समारोहका लागि प्रधानमन्त्री केपि ओली लुम्बिनी आउने भएका छन्।
लुम्बिनी विकास कोषले सोमबार आयोजना गरेको बुद्धजयन्ती तथा लुम्बिनी दिवस मूल समरोहमा प्रधानमन्त्री ओली आउने भएका हुन्। प्रधानमन्त्रीसँगै संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभाका मन्त्री, सांसद सहित विभिन्न देशका राजदुतहरुको उपस्थिती रहने छ।
लुम्बिनी बौद्धदर्शनको उत्पति भएको थलो समेत भएकाले बुद्धजयन्तीलाई विशेष रूपमा मनाउने गरी त्रिदिवसिय कार्यक्रम सुरु गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले जानकारी दिए।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन परेकाले यो दिन विशेष महत्वको भएको लामाले बताए। गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ईपू ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो।
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक पयटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारी गरिएका भएको छ।
तीन दिने कार्यक्रम अन्तर्गत आइतबार (आज) साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने बैशाख २९ गते सोमबार विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार संयोजक ढुण्डिराज दुण्डिराज भट्टराईले जानकारी दिए।
आइतबार भारतीय दुतावासको आयोजनामा दीप प्रज्वलन र साँस्कृतिक कायक्रम समेत हुने जनाइएको छ।
यसका साथै वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाहाकारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिने उनले बताए।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न समेत लुम्बिनी विकास कोषले अपिल गरेको छ।
बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको सदस्य सचिव सानुराजा शाक्यले बताए।
लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने छ। २५६९औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस का लागि संस्कृति पर्यटन तथा नागरिक पर्यटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन गरि तयारी गरिएको थियो।