तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

हिमाल प्रेस २७ वैशाख २०८२ १३:३७
4
SHARES
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

रूपन्देही- २५६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ।

लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने उनले बताए।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु-भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ।

प्रकाशित: २७ वैशाख २०८२ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast