‘कर्णाली छोरी सम्मेलन’ को तयारी पूरा

हिमाल प्रेस २६ वैशाख २०८२ २०:२७
14
SHARES
‘कर्णाली छोरी सम्मेलन’ को तयारी पूरा

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि सुरू हुने ‘कर्णाली छोरी सम्मेलन–२०८२’ को तयारी पूरा भएको छ।

आयोजक ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सम्मेलनको तयारी पूरा भएको जनाएको हो। सम्मेलन वैशाख २९ गतेसम्म चल्ने छ।

फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले सम्मेलनको उद्देश्य कर्णालीका छोरीहरूलाई सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम र आत्मनिर्भर बनाउनु रहेको बताइन्।

सम्मेलन एक सम्मेलनमात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउनतर्फ सामाजिक सन्देश प्रवाह गर्ने जमर्को रहेको उनको भनाइ छ।

कटुवालले कर्णालीका छोरीहरू आफैँमा कमजोर नभई अधिकार र अवसरबाट बञ्चित भएका कारण कमजोर देखिएको जिकिर गरिन्। कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकारबोध गराउने अभिप्रायले सम्मेलनको आयोजना गर्न लागिएको उनले उल्लेख गरिन्।

सम्मेलनमा कर्णाली प्रदेशक सबै ७९ स्थानीय तहबाट २÷२ जना प्रतिनिधि तथा सीमान्तकृत र लोपन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप २÷२ गरी करिब दुई सय छोरीहरूको सहभागिता रहने बताइएको छ।

प्रकाशित: २६ वैशाख २०८२ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast