दिल्लीस्थित नेपाली दूतावासद्वारा नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह

हिमाल प्रेस २६ वैशाख २०८२ १७:५६
10
SHARES
दिल्लीस्थित नेपाली दूतावासद्वारा नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह

काठमाडौँ– नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ।

भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि विकसित घटनाक्रमलाई मध्यनजर गरी दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो।

‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थान पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आपतकालीन अवस्था आएको खण्डमा आवश्यक समन्वय र सहजीकरणका लागि दूतावासको टेलिफोन र मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले सूचित गरेको छ।

प्रकाशित: २६ वैशाख २०८२ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast